arin enterprises

नेवाः अभियन्ताहरुबाट कामपा उपप्रमुखलाई प्रशंसा पत्र प्रदान

SamacharDesk – बिराज | २०७९ माघ ३, मंगलबार

सेभ नेपाः भ्याली समुहले काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोललाई प्रशंसा पत्र प्रदान गरेको छ । आज कामपा उपप्रमुखकै कार्यकक्षमा गएर समूहले डंगोललाई प्रशंसा–पत्र प्रदान गरेको हो ।

नेवाः समुदायको हक–अधिकार, कला, साहित्य, सम्पदाको संरक्षण, नेपालभाषा र नेपाल लिपिको उत्थानमा अतुलनिय योगदान पु¥याएको भन्दै डंगोललाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

साथै समूहले आफ्नो मातृभाषा नेपालभाषामा सपथ लिएको भन्दै डंगोललाई वधाई पनि दिएको छ । गत वैसाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरको उपप्रमुख पदमा निर्वाचित भइसकेपछि डंगोलले नेपालभाषामा सपथ लिएकी थिइन् ।

भेटघाटको क्रममा सेभ नेपाः भ्याली अभियानका अभियन्ताहरुले काठमाडौं महानगरका भाषा, कला, साहित्य, सम्पदाको संरक्षण, सम्वर्ध्दन लगायतका कार्यहरुमा समुहको सकारात्मक सहभागिता रहने प्रतिवद्धता जनाएका थिए ।

साथै महानगरबाट कुनै गलत कार्य भएमा सचेतकको भूमिकामा पनि आफुहरु उभिने भन्दै अभियन्ताहरुले सचेत गरेका थिए ।

तत्कालीन नेपाल उपत्यका अर्थात नेपाल खाल्डोको मौलिक साँस्कृतिक पहिचानको संरक्षणको अभियान चलाउन भन्द्र सन् २०१७ मा नेवाः युवाहरु मिलेर सेभ नेपाः भ्याली अभियानको थालनी गरेका थिए ।

नेपालभाषा र नेपाल लिपि उत्थान, खोसिएका सम्पदाहरुको पुनर्निर्माण लगायतका विषयमा नेवाः युवाहरुलाई सचेत बनाई अगाडी बढाउने उद्देश्य रहेको समूहले जनाएको छ ।

Categorized in समाज