राष्ट्रिय शहरी सरसफाई सम्मेलन नगरपालिका संघले गर्ने
SamacharDesk | २०८० पौष ५, बिहिबार

नेपाल नगरपालिका संघले राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ आयोजना गर्ने भएको छ ।
संघले हिजो बुधवार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । नेपाल नगरपालिका संघले शहरी वातावरण अन्तर्गत खानेपानी, सरसफाई र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबीच समन्वय र नीतिगत पैरवी गर्नका सम्मेलन गर्न लागेको जनाएको छ ।
खानेपानी सरसफाई र स्वच्छता हामी सबैको साझा विषय भएकाले सबैले साथ र सहयोग गर्नुपर्ने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताउनु भयो ।
सम्मेलन एकदिन चल्ने पनि अध्यक्ष ढुंगानाले बताउनु भयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न समेत टेवा पुग्नेगरी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भयो ।
Categorized in स्थानीय