एस्टन भिल्लासँग सिटी स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २१, बिहिबार

प्रिमियर लिगमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग स्तब्ध भएको छ । बुधबार सिटीले एस्टन भिल्लासँग १–० को हार ब्यहोरेको हो ।
भिल्ला क्लबको जितमा लियोन बेलीले निर्णायक गोल गरे । उनले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए ।
प्रिमियर लिगका पछिल्ला चार खेलमा सिटीले जित निकाल्न सकेको छैन ।
पछिल्लो समय फर्म गुमाएको सिटीले अर्को खराब नतिजा ब्यहोरेको हो भने यो पछिल्लो ७ वर्षमा पहिलो पटक भएको हो ।
घरेलु मैदानमा पछिल्ला १४ खेल जितेको भिल्ला क्लब ३२ अंक सहित लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
सिटी शीर्ष स्थानको आर्सनल भन्दा ६ अंकले पछि परेको छ ।
सिटी ३० अंक सहित चौथों स्थानमा झरेको छ ।
Categorized in स्पाेर्ट्स