म्यानचेस्टर डर्बीमा सिटी विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २१, सोमबार

प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटी विजयी भएको छ । आईतबार राति सिटीले युनाईटेडलाई ३–१ ले हराएको हो ।
डार्बी खेलमा मार्कोस रासफोर्डको गोलमा युनाईटेडले अग्रता बनाएको थियो ।
पहिलो हाफमा बनाएको १–० को अग्रतालाई दोस्रो हाफमा युनाईटेडले जोगाउन सकेन । फिल फोडेनले ५६ औं र ८० औं मिनेटमा लगातार दुई गोल गर्दै दोस्रो हाफमा सिटिलाई खेलमा फर्काए ।
खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई पुनरागमण जित दिलाए ।
यो जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलमाथि थप दबाब बनाएको छ ।
सिटी ६२ अंक सहित दोस्रो स्थानमा छ ।
लिभरपुल ६३ अंक सहित शीर्ष स्थानमा भने युनाईटेड ४४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स