arin enterprises

पहिलो लेगमा सिटीको सहज जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २९, बुधबार

च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

मंगलबार राति भएको पहिलो लेगमा सिटिले जर्मन क्लब बायर्न म्युनिखलाई ३–० गोलले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बेर्नार्डो सिल्भा र अर्लिङ हालाण्डले एक एक गोल गरे ।

इथिहाद स्टेडियममा भएको खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा सिल्भाले सिटीको अग्रता दोब्बर बनाए ।

हालाण्डले ७६ औं मिनेटमा गोल गरे । बायर्नविरुद्धको गोलसँगै हालाण्डले यो सिजनको ३९ औं खेलमा ४५ गोल पूरा गरेका छन् । एकै सिजन सबैखाले प्रतियोगितामा ४५ गोल गर्ने उनी पहिलो प्रिमियर लिगका खेलाडी बनेका छन् ।

खेलको बाँकि समयमा अरु गोल हुन नसक्दा सिटी टी ३–०ले विजय भयो ।

यो जितसँगै सिटी च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुगेको छ । अर्को चरणमा पुग्न बायर्नलाई भने दोस्रो लेगमा कम्तीमा ४–०को अग्रताले खेल जित्नु पर्ने हुन्छ ।

दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ ।

Categorized in स्पाेर्ट्स