विष्णुमति सफाई अभियानको शुरुवात हुने
SamacharDesk – बिराज | २०७७ चैत्र ३१, मंगलबार

नयाँ वर्ष २०७८ सँगै विष्णुमति सफाई अभियानको पनि शुरुवात हुने भएको छ । भोलि २०७८ बैसाख १ गतेको दिन विहान ७ बजे काठमाडौंको शोभा भगवतीबाट विष्णुमति सफाई अभियानको शुभारम्भ गर्न लागिएको हो ।
संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा भोलिबाट विष्णुमति सफाई अभियान शुरु गर्न लागिएको हो ।
विष्णुमति लगायतका हाम्रा सम्पदाहरु प्रदुषित हुँदा हाम्रो धर्म, संस्कृतिमै असर परेको भन्दै सांसद श्रेष्ठले यहाँको सभ्यता संरक्षणको लागि यस अभियानको शुरुवात गर्न लागेको बताउनुभयो ।
‘विष्णुमति खोला प्रदुषित हुँदा हाम्रो धर्म, परम्परा र सँस्कृतिमा समेत असर परेको छ’ सांसद श्रेष्ठले भन्नुभयो, ‘विष्णुमति वरपरको वातावरण स्वच्छ राख्न र यहाँको सभ्यता संरक्षण र सम्वद्र्धन गर्न विष्णुमति सफाई अभियान शुरु गर्न लागिएको हो ।’
आफ्नो सभ्यता र संस्कृतिको संरक्षणको लागि अभियानमा सहभागी हुन आम नेपाली नागरिक सबैलाई श्रेष्ठले आव्हान गर्नुभयो ।
प्राचीन काठमाडौको पश्चिम भएर बग्ने विष्णुमति नदि, उपत्यकाको प्रमुख नदिहरु मध्ये एक हो । स्थानीय भाषामा लुँखुसिको नामले चिनिने यो नदि शिवपुरीमा सुरु भएर टेकुस्थित टेकु दोभानमा गएर मिसिन्छ ।
Categorized in समाज