arin enterprises

भारत दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

SamacharDesk | २०८० चैत्र ९, शुक्रबार

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवाल विहीबार राती पक्राउ परेका छन् ।

भारतको निर्देशनालय (ईडी)ले उनलाई मदिरा घोटालासँग सम्बन्धित मनी लन्ड्रिंग प्रकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । केजरिवाल पदमै रहँदा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री बनेका छन् ।

उनलाई आज भारतको विशेष पीएमएलए अदालतमा पेश गरिने र ईडीले सोधपुका लागि उनको हिरासत माग गर्ने जनाइएको छ ।

ईडीले केजरीवाललाई जुन धारा लगाएर गिरफ्तारी गरेको छ त्यसमा जमानत मिल्न पनि गाह्रो हुने जनाइएको छ ।

पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई पनि अस्वीकार गरेको थियो ।

दिल्लीकी मन्त्री एवं आम आद्मी पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरिवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छिन् ।

चुनावको मुखमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्नुलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको राजनीतिक चालबाजी भन्दै विपक्षीहरुले विरोध गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय