कोकाकोलाको “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन
SamacharDesk | २०७९ आश्विन २९, शनिबार

नेपालीहरुको महान चाड दसैंँ, तिहार र छठको उपलक्ष्यमा कोका–कोलाले यो वर्ष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन ल्याएको छ ।
जसरी हाम्रो चाडपर्वहरु, अझ विशेष गरी दसैं, मुख्य रुपमा हाम्रो सम्बन्धहरु र यो समयमा खाइने खानासँग सम्बन्धित छ, यही परम्परालाई साथ दिन र अझै रमाइलो बनाउन कोका–कोलाले यो क्याम्पेन ल्याएको हो ।
क्याम्पेनले दसैंँको समयमा आफ्ना नजिकका नातेदार, आफन्तहरुसँग मिठो–मिठो खानेकुरा बनाउने, खाने र आफ्नो सम्बन्धहरु फेरी ताजा बनाउन निरन्तरता दिनमा सहयोग गर्ने जनाएको छ ।
यही क्याम्पेन अन्तर्गत यस वर्ष कोका–कोलाले कुवेत मुलुकमा वैदेशिक रोजगारीमा जानुभएका र आफ्नो परिवारसँग लामो समयदेखि टाढा रहनुभएका हाम्रा नेपाली दाजु–भाई, दिदी–बहिनीहरुलाई वहाँँहरुको आफ्नो परिवारहरुसँग नजिक ल्याउन कोसिस गरेको छ ।
जसअन्तर्गत कोका–कोकाले विदेशबाट नेपाल आउने र फेरी जाने दुई तर्फी हवाइ टिकटको १४ जनालाई प्रदान गरेको छ ।
यसरी लामो समयदेखि टाढा रहेको आफ्नो परिवारसँग फेरी दसैंँ मनाउन पाउने अवसर कोकाकोलाको यस क्याम्पेनले जुराएको छ ।
Categorized in बिजनेस