arin enterprises

जमर्नीलाई हराउँदै कोलम्बीया दोस्रो चरणमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १४, आइतबार

महिला विश्वकपमा कोलम्बीया दोस्रो चरणमा प्रवेश गरेको छ । आइतबार भएको समूह एचको खेलमा कोलम्बीयाले जर्मनीलाई २–१ गोलले हराउँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा लिंडा कैसिडोले गोल गर्दै कोलम्बीयाले अग्रता लिए ।

८९ औं मिनेटमा एलेक्जेन्ड्रा पपले पेनाल्टि मार्फत गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रोहाफको अतिरिक्त समयको सातौँ मिनेटमा गोल गर्दा कोलम्बीयाले अग्रता लिए ।

यो जितसँगै कोलम्बीयाले दुई खेलमा ६ अंक जोड्डै समूहको शीर्ष स्थानमा छ ।

यस्तै समान खेलमा जर्मनी ३ अंक सहित दोस्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स