arin enterprises

अमेरिकी पर्वतारोही स्व.ब्रेशियर्सको योगदानको स्मरण

SamacharDesk – बिराज | २०८१ बैशाख ८, शनिबार

अमेरिकी पर्वतारोही, फोटोग्राफर, फिल्म निर्माता र जलवायु अभियन्ता स्वर्गीय डेभिड ब्रेशियर्सको नेपाली हिमाली पर्यटन क्षेत्रमा योगदानको स्मरण गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा ब्रेशियर्सको योगदानको चर्चा र प्रशंसा गरिएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपालको हिमालबारे विश्वसमुदायमा सन्देश प्रभाव पारेका बताए ।

जवलायु परिवर्तनको कारण हिमाली क्षेत्रमा परेका असरका विश्व समुदायमा जनचेतता अभिवृद्धि गर्न समेत ब्रेशियर्सले ठुलो योगदान रहेको चर्चा पनि गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन जासन मिक्सले ब्रेशियर्सको उपलब्धि र योगदानको प्रशंसा गर्दै नेपालको हिमालका बारेमा उनले गरेको योगदानले नेपाल र अमेरिका बीचको सम्बन्धलाई थप नजिक ल्याएको बताए ।

एडमन्ड हिलारीका छोरा पिटर हिलारीले स्वर्गीय ब्रेशियर्सको कामप्रतिको लगाव, क्रियाशीलता सराहनीय रहेको विचार राखे । नेपालका लागि न्युजिल्याण्डका अवैतनिक वाणिज्यदूत लिजा चोग्यालले स्व.ब्रेशियर्सको नेपालको लागि ठूलो योगदान गरेको बताए ।

नेपाल पर्यटन बोर्डकी कार्यवाहक कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले ब्रेशियर्सले नेपाल र नेपालीका लागि लगाएको गुण सधैं स्मरणीय रहने बताइन् ।

नेपाल प्रर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, वरिष्ठ पत्रकार कुन्द दीक्षित, इसिमोडका सञ्चार प्रमुख आनी डेअर, वाचुकक पीक प्रमोशनका प्रबन्धक आङ दिकु शेर्पा लगायतले स्व. ब्रेशियर्सको योगदान नेपाल र नेपालीले सधैं स्मरण गरिरहने बताए ।

उनले उच्च हिमाली क्षेत्रमा पुगेर डकुमेन्ट्री समेत निर्माण गरेका थिए । सन् १९५५ डिसेम्बर २० मा जन्मिएका ब्रेशियर्सको २०२४ मार्च महिनाको १४ तारिखमा निधन भएको थियो ।

Categorized in समाज