arin enterprises

चन्द्रागिरि नगरपालिकाको सामुदायिक पशु व्यवस्थापन अभियान शुरु

SamacharDesk – बिराज | २०८० चैत्र ६, मंगलबार

चन्द्रागिरि नगरपालिकाले सामुदायिक पशु व्यवस्थापन कार्यलाई अभियानका रुपमा सञ्चालन गरेकोे छ ।

यसक्रममा नगरपालिकाले शनिबार र आइतबार नगरका विभिन्न क्षेत्रबाट सत्र वटा छाडा बहरलाई नियन्त्रण गरेर व्यवस्थापन गरेको छ ।

नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक छाडा जीवित र मृत पशुहरुको व्यवस्थापन गर्न राष्ट्रिय युवा समाजसँग द्विपक्षीय सम्झौता गरेको छ ।

छाडा जीवित पशुहरु गाई, बहर, बाच्छा, बाच्छी र मृत पशु कुकुर व्यवस्थापन गर्न प्रस्तावना आव्हान पछि तारकेश्वर –८ स्थित समाजसँग सम्झौता गरेको हो ।

सम्झौता पछि नगरपालिकाको पशुसेवा शाखाको संयोजकत्वका संचालन भएको उक्त अभियानले अ निरन्तरता पाउने नगरपालिकाले बताएको छ ।

पशु सेवा शाखाले नगर क्षेत्रमा त्यस्ता सामुदायिक छाडा पशु तथा कुकुर देखिएमा आ आफ्ना वडाका जनप्रतिनिधिलाई खबर गरी व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ ।

Categorized in स्थानीय