arin enterprises

सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न सक्ने

SamacharDesk | २०८० माघ १०, बुधबार

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्ने  प्रक्रिया सुरु गरेको छ । नेपाल सरकारले गत मंसिर ११ गते  जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएका हो ।

मन्त्रालयको वेबसाइटमा ( https://mocit.gov.np/ ) मा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकनमा क्लिक गरेर गुनासो दर्ता गर्न सकिन्छ ।

आजभोलि सामाजिक सञ्जालको दुरुपयोग बढ्दै जाँदा नियमनलाई सहज बनाउन नेपाल सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने सुविधा सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकामा नेपालमा सामाजिक सञ्जालको रूपमा संचालनमा रहेका सबै प्लटेफर्मलाई तीन महिनाभित्र सूचीकरण गर्न निर्देशन दिइएको छ ।

जारि निर्देशिकाले सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएपनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरेको छ ।

प्लेटफर्मले तोकेको सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने मन्त्रालयले जानकारी दिए ।

प्राप्त गुनासोको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने मन्त्रालयको भनाई छ ।

Categorized in राष्ट्रिय