arin enterprises

पुनः सुरु भयो कांग्रेसको संवाद यात्रा

SamacharDesk | २०८० चैत्र १५, बिहिबार

कांग्रेस महामन्त्री गगन थापाको संयोजनमा संवाद यात्रा पुनः सुरु गरेको छ ।

गत माघ २३ गते स्थगित भएको यात्रा आजबाट फेरि नवलपरासीको सूर्यपुरास्थित प्रतापपर गुठिबाट सुरु गरेको छ । प्रतापपुरस्थित वीपी चोकमा अवस्थित बीपी कोइरालाको प्रतिमामा माल्र्यापण गरेर महामन्त्री थापाले संवाद यात्रा सुरु गर्नुभएको हो ।

यसअघिको यात्रा झापाको मेची पुलबाट सुरु भएर नवलपरासीको गोपीगञ्जमा पुगेर स्थगित भएको थियो । दोस्रो चरणको यात्रा विहीबारदेखि शनिबारसम्ममा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरुमा हुने जनाएको छ ।

यात्रामा स्थानीयहरुसँग छलफल गर्ने तथा उनीहरुको समस्या सुन्ने र त्यससँग सम्बन्धितहरुको महामन्त्री थापाले ध्यानाकर्षण गरिनेछ ।

महामन्त्री थापाले यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।

थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगन्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिनुभएको हो । 

१८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।

Categorized in राष्ट्रिय