काँग्रेसले माओवादीलाई दिएको समर्थन फिर्ता
SamacharDesk | २०८० फाल्गुण २२, मंगलबार

नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलवार अपरान्ह बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौं । विश्वासको मत दिएका थियौं । आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौं । बैठकमा इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि भयो ।
प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नुको पछाडिको कारण रहस्यमय रहेको र बाहिर सतहमा आएका कुराहरु मात्रै नभएको निष्कर्ष पनि वैठकले निकालको बुझिएको छ ।
नेपाली कांग्रेसले समर्थन फिर्ता लिएसंग प्रधानमन्त्री पुष्पकमल दाहालले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने छ ।
प्रधानमन्त्रीलाई समर्थन गरेको सवैभन्दा ठूलो दलले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री दाहाल विश्वासको मत लिन बाध्य हुनु पर्नेछ ।
Categorized in राजनीति