arin enterprises

कांग्रेसमा भागवण्डा नमिल्दा किचलो

SamacharDesk | २०७९ श्रावण २९, आइतबार

सत्तारुढ पार्टी नेपाली कांग्रेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेपनि सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चुनौतीपूर्ण बनिरहेको छ ।

सीट बाँडफाटको लागि गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको विभिन्न खाका प्रस्तुत गरेको छ । कार्यदलले प्रस्तुत गरेका खाका अनुसार गठबन्धनमा सिट बाँडफाँट भए नेपाली कांग्रेसका शीर्ष नेताहरुकै टिकट जोखिममा पर्ने देखिएको छ ।

दुई पटक बसेको कार्यदल बैठकमा सिट बाँडफाँटका विभिन्न विकल्पमा छलफल भएको छ । जसमध्ये एउटा विकल्प, २०७४ को निर्वाचनमा जितेको निर्वाचन क्षेत्रमा साविककै दललाई छोड्ने र एमालेले जितेका क्षेत्रलाई गठबन्धन दललाई बाँडफाँड गर्ने ।

यो खाकाले सर्वाधिक टाउको दुखाई नेपाली कांग्रेसलाई भएको छ । अघिल्लो निर्वाचनमा जितेको आधारमा क्षेत्र तयको एउटा विधि बनाउने हो भने कांग्रेसका दर्जन बढी शीर्ष तहका नेताहरु उम्मेदवारीबाट बाहिरिनपर्ने निश्चित छ ।

कांग्रेसले निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने सर्वाधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्रमा हस्ताक्षरको जिम्मेवारी सभापति देउवालाई दिएको हो ।

यस निर्णयप्रति अधिकांक कांग्रेस सदस्यहरु सन्तुष्ट देखिएको छैन । शेखर कोइराला समूहले हिजो छुट्टै भेला नै गरेर सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको ठहर गरेको छ ।

सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको निष्कर्ष निकालेको हो । बैठकपछि नेता गुरुराज घिमिरेले ८ महिनामा भएका दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि नसमेटेको बताउनुभयो ।

उहाँले राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह नगरेकाले अब भने भागबण्डा खोज्नुपर्ने अवस्था आएको बताउनुभयो । पार्टीमा न्यायोचित निर्णय नहुने भएपछि भागवण्डाको विकल्प नभएको बताइएको छ ।

उता, चितवन कांग्रेसले केन्द्रले भागवण्डामा न्यायोचित ढंगले नगर्ने भन्दै असन्तुष्ट पक्षले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएकाले कांग्रेस असन्तुष्ट समूहले उम्मेदवारी दिने तयारी गरेको हो । हिजो भरतपुरमा आयोतिज कार्यक्रममा असन्तुष्ट समूहका नेताहरुले रुखमा भोट हाल्न नपाउने अवस्थामा विद्रोही उम्मेदवार खडा गर्ने बताएका हुन ।

सो समूहले आगामी भदौ २४ गते वीपी कोइरालाको जन्म जयन्तीका दिन उम्मेदवारी घोषणा गर्ने बुझिएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082