मधेस प्रदेशमा काँग्रेसका मन्त्रीहरु बर्खास्त
SamacharDesk – बिराज | २०७९ आश्विन २८, शुक्रबार

मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसबाट मन्त्री बनेका तीन जना मन्त्रीहरुलाई बरखास्त गरेका छन् ।
प्रदेश सरकारमा नेपाली काँग्रेसबाट मन्त्री बनेका राम सरोज यादव, ओम प्रकाश शर्मा, बिरेन्द्र प्रसाद सिंहलाई मन्त्री पदबाट बर्खास्त गरिएको हो ।
यस अघि यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय, शर्माले खानेपानी तथा उर्जा विकास मन्त्रालय र सिंहले महिला, बालबालिका तथा, युवा तथा खेलकुद मन्त्रालय सम्हाल्दै आएको थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिमण्डलबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना मन्त्रीहरुलाई बरखास्त गरेपछि मधेस प्रदेशमा यी तीन जनालाई मन्त्री पदबाट बर्खास्त गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयबाट विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) को ख बमोजिम ती मन्त्रीहरुलाई पदमुक्त गरिएको जनाएको हो । साथै उक्त मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री राउतले नै सम्हाल्ने बताइएको छ ।
Categorized in राजनीति