भूमि आयोग र कीर्तिपुर नगरपालिकाबीच सम्झौता
SamacharDesk – बिराज | २०७९ माघ २६, बिहिबार

राष्ट्रिय भूमि आयोग र कीर्तिपुर नगरपालिकाबीच सम्झौता सम्पन्न भएको छ ।
कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन र जग्गा वितरणका लागि आवश्यक प्रकृया गर्नका लागि भनेर सम्झौता भएको हो ।
आज कीर्तिपुर नगरपालिकामा नगरपालिका र आयोगबीचमा सम्झौता भएको हो । सम्झौतामा कीर्तिपुर नगरपालिकाका तर्फबाट नगर प्रमुख राजकुमार नकर्मी र आयोगकातर्फबाट केन्द्रीय अध्यक्ष केशव निरौलाले हस्ताक्षर गरेका थिए ।
सो क्रममा नगर उप प्रमुख शुभ लक्ष्मी शाक्य, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद बास्कोटा, भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापति, सदस्यद्वय मोतीलाल लामा र सुशीला खतिवडाको पनि उपस्थिती रहेको थियो ।
सम्झौता पछि अब भूमि आयोगबाट सार्र्वजनिक सूचना जारी गरेपछि नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन, प्रणालीमा प्रविष्टी आदि गर्नेछ ।
आवश्यक प्रकृया अगाडी बढाउन नगरपालिकाले स्थानीय सेवा केन्द्रको पनि स्थापना गर्नेछ ।
यसको लागि भूमि आयोग काठमाडौं जिल्लाले नगरपालिकाका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछ ।
Categorized in समाज