arin enterprises

कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १७, सोमबार

 ४७ औं संस्करणको कोपा अमेरिका फुटबल अर्जेन्टिनामा आयोजना नहुने भएको छ ।

कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएकोले अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो ।

यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । तर, सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियालाई सह आयोजकबाट हटाईएको थियो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । अर्जेन्टिना र कोलम्बियामा कोपा नहुने भएपछि प्रतियोगिता आयोजनाका लागि अन्य राष्ट्रसँग छलफल भईरहेको जनाएको छ ।

अर्जेन्टिनामा अहिले दैनीक ३४ हजार भन्दा बढीलाई कोरोना संक्रमण हुने गरेका छ । त्यहाँ पछिल्लो १४ दिनमा कोरोना संक्रमण दर बढिरहेकाले कोपा अर्जेन्टिनाबाट सार्नु परेको दक्षिण अमेरिकी फुटबल महासंघले जनाएको छ ।

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीकै कारण एक वर्ष पछि सरेको थियो ।

 

 

 

Categorized in स्पाेर्ट्स