arin enterprises

कोरोनाका कारण थप ९ जनाको निधन

SamacharDesk – बिकाश | २०७७ आश्विन २६, सोमबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा दुई महिला र ७ पुरुष गरी जम्मा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक मृत्यु हुनेमा ९ जनामध्ये ४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

काठमाडौंमा एक महिलासहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीया महिलाको साथमा ६३ र ६७ वर्षका पुरुषहरु दुई जना रहेका छन् ।

ललितपुरमा ४० वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ ।

सुनसरीमा ३ जना को मृत्यु भएको छ । मृत्यु हुने तीनै जना पुरुषहरु हुन् । मृत्यु हुनेमा ३७, ८९ र ९० वर्षका पुरषहरु हुन् ।

चितवनमा ४० वर्षीया महिला र रुपन्देहीमा ७४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

Categorized in समाज