थप ३ संक्रमतिको निधन
SamacharDesk – बिकाश | २०७७ श्रावण २४, शनिबार

पछिल्लो समय दिनहुँ जसो कोरोना संक्रमणको निधन भइरहेको छ । यो क्रम आज पनि जारी नै रह्यो ।
आज थप ३ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक पर्सा र मोरङका एक÷एक जना पुरुष र टोखाकी एक महिलाको निधन भएको हो ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका ३ छपकैया निवासी ७४ वर्ष पुरुषको हिजो दिउँसो १ः३० बजे निधन भएको छ ।
मधुमेह र दमका समेत दीर्घ रोगी उनको वीरगंजस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मोरङ जिल्ला बिराटनगर महानगरपालिका ९ निवासी ५८ वर्षीय पुरुषको पनि हिजै विहान ९ः१५ बजे निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उपचारको क्रममा कोशी अस्पतालमा उनको निधन भएको हो ।
उच्च रक्तचापका समेत विरामी उनमा निमोनिया, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि सप्तकोशी अस्पतालमा भर्ना गरी उपचार गरिँदै थियो ।
स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई कोशीमा रिफर गरिएको थियो ।
त्यसैगरी काठमाडौं जिल्ला टोखा नगरपालिका ६ बस्ने ४१ वर्ष महिलाको पनि हिजै विहान ११ः२३ मा निधन भएको छ ।
पाटन आस्पतालको आइसोलेसनमा उपचाररत उनको उपचारको क्रममा निधन भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७३ पुगेको छ ।
Categorized in समाज