arin enterprises

थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र ११, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ५ जना महिला ५ र ३ जना पुरुषको मृत्यु भएको छ ।

८ वटा जिल्लाबाट मृत्यु हुने २३ देखि ७० वर्ष समूहका ८ जना मृतकमध्ये दुई जना काठमाडौं उपत्यकाका रहेका छन् ।

मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला एक एक जना गरी पाँच जना महिला रहेका छन् ।

त्यसैगरी काठमाडौंका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय एक एक जना गरी ३ जना पुरुषको निधन भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युको दर बढ्दो क्रममा रहेको छ । हाल आएर दिनहुँ नै कोरोना संक्रमणका कारण मृत्युहरु भइरहेका छन् ।

Categorized in समाज