arin enterprises

थप १२ जना कोरोना संक्रमितको निधन

SamacharDesk – बिकाश | २०७७ भाद्र १२, शुक्रबार

पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक ११ जिल्लाबाट १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको जनाएको छ । तीमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष रहेका छन् ।

मोरङमा २ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङमा ५६ वर्षीया र ६५ वर्षीया महिलाको एक÷एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

भक्तपुरमा ६४ वर्षीया महिला एक जना र मकवानपुरकी ७१ वर्षीया महिला एक जनाको पनि मृत्यु भएको छ ।

त्यसैगरी उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय र सिराहाका ५५ वर्षीय पुरुषहरु एक÷एक जनाको मृत्यु भएको छ ।

त्यस्तै झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय एक÷एक जना पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको छ ।

Categorized in समाज