कोरोना संक्रमणबाट १४ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न १० वटा जिल्लाबाट ४ महिला र १० पुरुषको मृत्यु भएको बताएका छन् ।
पछिल्लो पटक सुनसरीमा ७४ वर्षीया महिला एक जना र ६० वर्षीय पुरुष एकजनाको साथमा महोत्तरीमा ६२ वर्षीया महिला र महोत्तरीमा ७० र ३५ वर्षीय पुरुषहरु एक/एक जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।
त्यसैगरी बारामा ४७ वर्षीया महिला, काठमाडौंमा ७२ वर्षीया महिलाको साथै मोरङमा ६२ वर्षीय, रौतहटमा ३० वर्षीय, ललितपुरमा २९ वर्षीय, भक्तपुरमा ६५ वर्षीय, नवलपरासी पश्चिममा ६५ वर्षीय पुरुषहरु एक/एक जनाको साथमा रुपन्देहीमा ५७ वर्षीय र ६७ वर्षीय पुरुष एक÷एक जनाको पनि निधन भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।
नेपालमा पछिल्लो पटक कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको देखिएको छ ।
गत शनिबार र शुक्रबार १२/१२ जना संक्रमितको निधन भएको थियो भने आज १४ जनाको निधन भएको हो ।
Categorized in समाज