arin enterprises

एक बालिकासहित ७ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

नेपालमा पछिल्लो पटक एक बालिकासहित ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक बालिकासहित ३ महिला र ४ जना पुरुषको मृत्यु भएको हो ।

महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ भने गोरखाकी ६४ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणका कारण नै मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

Categorized in समाज