arin enterprises

४ वर्षीया बालिकासहित थप ११ संक्रमितको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १६, मंगलबार

नेपालमा कोरोना संक्रमणका कारण एक बालिका सहित थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक एक बालिका र १० जना पुरुषको मृत्यु कोरोना संक्रमणका कारण भएको छ ।

महोत्तरीमा एक ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष एक जनाको मृत्यु भएको छ ।

त्यसैगरी पर्सामा ५३ वर्षीय एक, ८० वर्षीय एक र ६० वर्षीय एक पुरुषको मृत्यु भएको छ भने काठमाडौंमा एक ३५ वर्षीय पुरुषको साथमा ७० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

त्यस्तै सिराहामा ६५ वर्षीय एक पुरुष, बारामा ६० वर्षीय एक पुरुष, चितवनमा ५२ वर्षीय एक पुरुष मकवानपुरमा ५८ वर्षीय एक पुरुषको समेत मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमणबाट हुने मृत्यु दर ०.५९ प्रतिशत पुगेको र यो बढ्दो क्रममा रहेको बताउनुभयो ।

Categorized in समाज