arin enterprises

थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ जना महिला र २ पुरुषको मृत्यु भएको जनाएको छ ।

पछिल्लो पटक रुपन्देहीकी ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया र तनहुँकी ९२ वर्षीया महिलाको पनि मृत्यु भएको छ भने सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

Categorized in समाज