कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र १९, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण १४ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ९ वटा जिल्लाबाट ४ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंमा ३ जना महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित ८२ वर्षीया, ६७ वर्षीया र २२ वर्षीया एक÷एक जना महिलाको मृत्यु भएको हो ।
त्यस्तै चितवनकी ३५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
सप्तरीका ५५ वर्षका २ जना पुरुषहरुको पनि मृत्यु भएको छ भने धुनषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषहरुको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।
Categorized in समाज