arin enterprises

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

थप ७ पुरुष र ४ जना महिलाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुने ४ जना महिलामध्ये ३ जना काठमाडौंका रहेका छन् । काठमाडौंका ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिलाको निधन भएको छ भने कास्कीकी ६३ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै सिराहाका ८७ वर्षीय एक जना र ६२ वर्षका एक जना गरी दुई जना पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी मोरङका ७६ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय पुरुषहरुको मृत्यु पनि कोभिड १९ का कारण भएको छ ।

योँसगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।

Categorized in समाज