arin enterprises

काठमाडौंका ३ सहित ५ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र २५, बिहिबार

नेपालमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा एक महिलाको साथमा ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक मृत्यु हुने ५ जनामध्ये ३ जना काठमाडौंबाट रहेका छन् । काठमाडौंकी ५५ वर्षीया महिलाको साथमा ५९ वर्षीय र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

Categorized in समाज