arin enterprises

आज पनि थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र २६, शुक्रबार

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा कमी आएपनि दिनहुँ मृत्यु हुने क्रम भने रोकिएको छैन ।

पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

थप एक महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मोरङकी ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासी (पश्चिम) का ५५ वर्षीय पुरुषले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

Categorized in समाज