arin enterprises

थप ४ जनाको कोरोनाका कारण मृत्यु

SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा थप ३ जना महिला र एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मोरङ ६४ वर्षीया, चितवनमा ३६ वर्षीया र कैलालीमा ५७ वर्षीया महिलाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौंमा ८७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

Categorized in समाज