उपत्यकामा ५ सहित थप १२ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ आश्विन २२, बिहिबार

नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको हो ।
पछिल्लो पटक मृत्यु हुनेमा काठमाडौं उपत्यकाबाट ३ जना महिला र २ जना पुरुष गरी ५ जना रहेका छन् ।
काठमाडौंमा ७९ वर्षीया महिला एक जनाको साथमा ५८ र ९१ वर्षीय पुरुषहरु दुई जनाको साथमा ३ जनाको मृत्यु कोरोनाका कारण भएको छ ।
त्यस्तै ललितपुरमा ७३ वर्षीया महिला र भक्तपुरमा ८२ वर्षीया महिलाको पनि निधन भएको छ ।
त्यसैगरी चितवनका ८१ वर्षका दुई जना र ९२ वर्षीय एक जना गरी ३ जना पुरुषहरुको मृत्यु भएको छ ।
साथमा सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय र कास्कीका ८३ वर्षीय पुरुषको मृत्यु भएको छ भने सुर्खेतकी ८२ वर्षीया महिलाको पनि कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।
Categorized in समाज