कोरोनाका कारण मृत्यु हुने ९ सय नाघ्यो
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप १७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ सय ४ पुगेको छ ।
अहिलेसम्मको तथ्याङ्कको हिसाबले नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर ०.६ रहेको छ ।
अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढि वागमती प्रदेशमा ४३६ जना रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० जना रहेका छन् ।
अन्य प्रदेशहरुमा प्रदेश दुईमा एक सय ५६, लुम्बिनी प्रदेशमा एक सय २४, प्रदेश एकमा एक सय १४, गण्डकी प्रदेशमा ४७ र सुदुरपश्चिम प्रदेशमा १७ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म काठमाडौं उपत्यकामा ३ सय २८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।
मृतकमध्ये वागमती प्रदेशमा एक चिनियाँ नागरिक समेतको मृत्यु भएको छ ।
पछिल्लो समय संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको हो ।
Categorized in समाज