arin enterprises

राजविराजका कोरोना संक्रमितको मृत्यु

SamacharDesk – विकाश | २०७७ श्रावण २, शुक्रबार

नेपालमा थप एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सप्तरी राजविराज १ का ७३ वर्षीय पुरुषको हिजो राती मृत्यु भएको हो ।

गत असार ३१ गते खोकी, ज्वरोको साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या देखिएपछि उनलाई उपचारको लागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा लगिएको थियो ।

कोरोनाको आशंकामा उनको स्वाब संकलन गरी परिक्षण गरिएकोमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उक्त पुरुषको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । 

उपचारकै क्रममा हिजो राती उनको मृत्यु भयो ।

मृतक पुरुष डायबिटिजको साथमा मुटुको दीर्घरोगी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अघि नै उनको मुटुमा दुई पटक स्टेन्ट समेत राखिसकेको मन्त्रालयले बताएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

Categorized in समाज