उपत्यकामा नयाँ संक्रमित संख्यामा कमी
SamacharDesk – बिकाश | २०७८ आषाढ ५, शनिबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३३७ जना नयाँ संक्रमित भेटिएका छन् ।
काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना नयाँ संक्रमित भेटिएको हो । उपत्यकामा हालसम्म २ लाख ५९ हजार ४६९ जनालाई कोभिड संक्रमण भइसकेको छ ।
हाल उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या ११ हजार ७२ रहेको छ ।
विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ७१५ जनालाई जनरल/एचडियू वार्डमा राखेर उपचार गरिँदैछ भने आइसीयूमा रहेका २५३ जनामध्ये ९६ जना भेन्टिलेटरमा छन् ।
गएको २४ घण्टामा उपत्यकामा एक हजार २२० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म उपत्यकामा २ लाख ४५ हजार ७०३ जना कोभिड १९ बाट संक्रमणमुक्त भइसके ।
उपत्यकामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ८, ललितपुरमा ६ र भक्तपुरमा २ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो । उपत्यकामा हालसम्म २ हजार ६९४ जनाको कोभिड संक्रमणबाट ज्यान गइसकेको छ ।
Categorized in समाज