arin enterprises

उपत्यकामा संक्रमण निको हुनेको संख्या बढ्दै

SamacharDesk – बिकाश | २०७८ जेठ २, आइतबार

काठमाडौं पछिल्ला केही दिनमा नयाँ संक्रमितभन्दा संक्रमण निको हुनेको संख्या नं बढि रहेको छ । आज पनि नयाँ संक्रमितको संख्या ३ हजार भन्दा तल रहँदा निको हुनेको संख्या ३ हजारभन्दा माथि छ ।

पछिल्लो पटक देशैभरी थपिने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये ३४ दशमलव १५ प्रतिशत काठमाडौं उपत्यकामा रहेका छन् ।

उपत्यकामा २ हजार ६०९ जना नयाँ संक्रमित थपिएका हुन् । काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकाका कुल संक्रमित संख्या २ लाख ७ हजार ३२३ पुगेको छ ।

उपत्यकाका कुल संक्रमितमध्ये ७९ दशमलव ३४ प्रतिशत संक्रमणमुक्त भइसकेका छन् । हालसम्म एक लाख ६४ हजार ४९९ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

गएको २४ घण्टामा ३ हजार ६२५ जना संक्रमित निको भएका छन् ।

हाल उपत्यकामा ४१ हजार १६१ जना सक्रिय संक्रमित उपचाररत छन् । ३९ हजार १७५ जना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् भने एक हजार ९८६ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

आइसीयूमा उपचाररत २७७ मध्ये १२९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३७ जना, ललितपुरमा ७ र भक्तपुरमा ४ जनाको कोभिड संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा एक हजार ६६३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । 

Categorized in समाज