arin enterprises

उपत्यकामा ३ हजार ९८ संक्रमित थपिँदा ३ हजार ४०६ निको

SamacharDesk – बिकाश | २०७८ जेठ ३, सोमबार

नेपालभरीबाट पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ हजार ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा हालसम्म २ लाख १० हजार ४२१ जनामा कोभिड संक्रमण भइसकेको छ ।

हाल उपत्यकामा ५० हजार ७७४ जना सक्रिय संक्रमित उपचाररत छन् । ३९ हजार १३८ संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ६३६ जना संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा रहेका २४३ जनामध्ये १३३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

गएको २४ घण्टामा काठमाडौंमा ३ हजार ४०६ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म उपत्यकामा एक लाख ६७ हजार ९०५ जना संक्रमित निको भइसके ।

उपत्यकामा थप ७९ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ५१, ललितपुरमा १४ र भक्तपुरमा १४ जना संक्रमितको कोभिड संक्रमणबाट मृत्यु भएको हो । हालसम्म उपत्यकामा एक हजार ७४२ जना संक्रमितको मृत्यु भइसकेको छ । 

Categorized in समाज