arin enterprises

उपत्यकामा ८० प्रतिशत बढि संक्रमित संक्रमणमुक्त

SamacharDesk – बिकाश | २०७८ जेठ ४, मंगलबार

पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा २ हजार ६३५ जना रहेका छन् । काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् ।

उपत्यकामा हालसम्म २ लाख १३ हजार ५६ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

उपत्यकामा हाल ३९ हजार २४५ सक्रिय संक्रमित उपचाररत छन् । ३७ हजार ३६० संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ८८५ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा उपचाररत ३९१ जनामध्ये १४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

उपत्यकाका कुल संक्रमितमध्ये करीब ८१ प्रतिशत निको पनि भइसकेका छन् । हालसम्म एक लाख ७२ हजार २० जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । उपत्यकामा पछिल्लो पटकमा ४ हजार ११५ जना संक्रमित निको भएका छन् ।

त्यसैगरी उपत्यकामा थप ४९ जना कोभिड संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३९, ललितपुरमा ५ र भक्तपुरमा ५ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको हो । हालसम्म उपत्यकामा एक हजार ७९१ जना संक्रमितको मृत्यु भइसकेको छ । 

Categorized in समाज