उपत्यकामा करीब ८३ प्रतिशत संक्रमित निको
SamacharDesk – बिकाश | २०७८ जेठ ६, बिहिबार

पछिल्लो पटक देशैभरिबाट थप हुने नयाँ संक्रमितमध्ये ३ हजार २३२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ६ सय, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख १८ हजार ७७४ पुगेको छ ।
हाल उपत्यकामा ३६ हजार ६७ जना सक्रिय संक्रमित छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये एक हजार ८८२ जना जेनेरल/एचडियू वार्डमा उपचाररत छन् भने आइसीयूमा उपचाररत ४९३ मध्ये २०५ जना भेन्टिलेटरमा छन् ।
मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यकाका ३ जिल्लासहित ५ सय बढि सक्रिय संक्रमित रहेको जिल्लाको संख्या ४४ रहेको छ भने १४ जिल्लामा २ सय बढि सक्रिय संक्रमित छन् ।
उपत्यकामा हालसम्म एक लाख ८० हजार ७७२ जना संक्रमित निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार उपत्यकामा संक्रमण निको हुनेको दर ८२ दशमलव ६२ प्रतिशत रहेको छ ।
उपत्यकामा थप ७७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक काठमाडौंमा ५९, ललितपुरमा १३ र भक्तपुरमा ५ जना संक्रमितको मृत्यु भएको छ ।
उपत्यकामा हालसम्म एक हजार ९३५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in समाज