arin enterprises

उपत्यकामा २ हजार ३१८ संक्रमित थप, ४ हजार ९५६ निको

SamacharDesk – बिकाश | २०७८ जेठ ८, शनिबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का २ हजार ३१८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा एक हजार ८११, ललितपुरमा ३२८ र भक्तपुरमा १७९ जना नयाँ संक्रमित थप भएका हुन् ।

उपत्यकामा हालसम्म २ लाख २३ हजार ५३९ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये ८५ दशमलव ११ प्रतिशत संक्रमित निको भइसके ।

हालसम्म एक लाख ९० हजार २६३ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । गएको २४ घण्टामा ४ हजार ९५६ संक्रमित निको भएका छन् ।

त्यस्तै उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या ३१ हजार २३२ रहेको छ । तीमध्ये जनरल/एचडियूमा एक हजार ७४३ जना उपचाररत छन् भने आइसीयूमा उपचाररत ४८४ मध्ये १९३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक उपत्यकामा ४३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा २ हजार ४४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in समाज