arin enterprises

उपत्यकामा निको हुनेको संख्या बढ्दो दरमा

SamacharDesk – बिकाश | २०७८ जेठ ९, आइतबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का २ हजार ८२१ नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा एक हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना नयाँ संक्रमित थपिएका हुन् ।

उपत्यकामा हालसम्म २ लाख २६ हजार ३६० जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।

उपत्यकाका कुल संक्रमितमध्ये ८६ दशमलव ०३ प्रतिशतले संक्रमणमाथि जित हासिल पनि गरिसकेका छन् । उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ९४ हजार ७५० जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना संक्रमित निको भइसके ।

हाल उपत्यकामा २९ हजार ५२५ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये एक हजार ६५४ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत ४८५ जनामध्ये १९६ जना भेन्टिलेटरमा छन् ।

उपत्यकामा पछिल्लो पटक ४१ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा २६, ललितपुरमा १० र भक्तपुरमा ५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । उपत्यकामा हालसम्म २ हजार ८५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in समाज