arin enterprises

उपत्यकामा संक्रमण निको हुने २ लाखकाे नजिक

SamacharDesk – बिकाश | २०७८ जेठ १०, सोमबार

उपत्यकामा कोभिड १९ संक्रमण निको हुनेको कुल संख्या २ लाखको नजिक पुगेको छ ।

उपत्यकाका कुल संक्रमितमध्ये हालसम्म एक लाख ९८ हजार २१५ जना संक्रमणमुक्त भइसकेका छन् ।

उपत्यकामा संक्रमण निकाे हुनेकाे दर ८६ दशमलव ५० प्रतिशत रहेकाे छ । 

गएको २४ घण्टामा ३ हजार ४६५ जना संक्रमितले कोरोना भाईरसलाई पराजित गर्दै संक्रमण मुक्त भएका छन् ।

उपत्यकामा हालसम्म कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख २९ हजार १४५ पुगेको छ । पछिल्लो पटक देशभैरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३७ दशमलव ५० प्रतिशत रहेका छन् ।

काठमाडौं उपत्यकामा २ हजार ७८५ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा एक हजार ८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना संक्रमित भेटिएका हुन् ।

उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या २८ हजार ७८३ रहेको छ । एक हजार ७७८ जना जनरलरएचडियू वार्डमा उपचाररत छन् भने आइसीयूमा रहेका ४८५ मध्ये २ सय जना भेन्टिलेटरमा उपचाररत छन् ।

थप ६२ जना संक्रमितको मृत्युसँगै उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार १४७ पुगेको छ ।

Categorized in समाज