उपत्यकामा एक हजार १७१ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७८ जेठ १५, शनिबार

पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार १७१ जना रहेका छन् । काठमाडौंमा ८६७, ललितपुरमा १९९ र भक्तपुरमा १०५ जना संक्रमित थप भएका हुन् ।
उपत्यकामा हालसम्म २ लाख ३९ हजार ११३ जना कोभिड १९ बाट संक्रमित भइसके ।
उपत्यकामा गएको २४ घण्टामा एक हजार ९३२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ९ हजार ७१० जना संक्रमित निको भइसके । उपत्यकामा संक्रमण निको हुनेको दर ८७ दशमलव ७० प्रतिशत रहेको छ ।
हाल उपत्यकामा २७ हजार ८० जना संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ५०९ जना संmत्रमितलाई जनरल÷एचडियू वार्डमा उपचाररत छन् भने आइसीयूमा रहेका ४३२ मध्ये १८३ जना भेन्टिलेटरमा छन् ।
उपत्यकामा थप २५ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा १६, ललितपुरमा ५ र भक्तपुरमा ४ जनाको मृत्यु भएको हो । उपत्यकामा हालसम्म २ हजार ३२३ जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भइसकेको छ ।
Categorized in समाज