arin enterprises

उपत्यकामा संक्रमण निको हुनेका दर ८८.०२ प्रतिशत

SamacharDesk – बिकाश | २०७८ जेठ १६, आइतबार

पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ९३ जना नयाँ संक्रमित भेटिएका छन् । भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना नयाँ संक्रमित भेटिएका हुन् ।

उपत्यकामा हालसम्म २ लाख ४० हजार २०६ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

हाल २६ हजार ४०३ जना सक्रिय संक्रमित उपत्यकामा उपचाररत छन् । तीमध्ये एक हजार ५२७ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका ४२२ जनामध्ये १७४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

गएको २४ घण्टामा एक हजार ७४३ जना संक्रमित संक्रमणमुक्त भइ घर फर्केका छन् । हालसम्म २ लाख ११ हजार ४५३ जना संक्रमित निको भइसकेका छन् । उपत्यकामा संक्रमण निको हुनेको दर ८८ दशमलव ०२ प्रतिशत रहेको छ ।

उपत्यकामा थप २७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंमा १५, ललितपुरमा ७ र भक्तपुरमा ५ जना संक्रमितको मृत्यु भइसकेको छ । उपत्यकामा हालसम्म २ हजार ३५० जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । 

Categorized in समाज