arin enterprises

उपत्यकामा एक हजार ४५६ संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ जेठ १९, बुधबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का एक हजार ४५६ जना नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४४ हजार ४८३ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये हालसम्म २ लाख १७ हजार ४२० जना संक्रमित निको भइसके । उपत्यकामा कोभिड संक्रमण निको हुनेको दर ८८ दशमलव ९३ प्रतिशत रहेको छ । उपत्यकामा पछिल्लो पटक २ हजार ४४ जना संक्रमित निको भएका छन् ।

हाल उपत्यकामा २४ हजार ६४६ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ४१९ जना जनरल/एचडियूमा उपचाररत छन् भने आइसीयूमा उपचाररत ४०९ जनामध्ये १५९ जना भेन्टिलेटरमा छन् ।

उपत्यकामा थप १९ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ११, ललितपुरमा ७ र भक्तपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा उपत्यकामा हालसम्म २ हजार ४१७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in समाज