arin enterprises

उपत्यका एक हजार २२६ संक्रमित थप, २ हजार १३९ निको

SamacharDesk – बिकाश | २०७८ जेठ २५, मंगलबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का जम्मा एक हजार २२६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

पछिल्लो पटक थप हुने नयाँ संक्रमितहश्रमध्ये काठमाडौंमा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जना रहेका छन् । उपत्यकामा हालसम्म २ लाख ५२ हजार ३३३ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

हाल उपत्यकाभित्र १९ हजार ३७८ जना संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररमध्ये जनरल/एचडियू वार्डमा एक हजार २०८ जना उपचाररत छन् भने आइसीयूमा रहेका ४०१ जनामध्ये १७२ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

उपत्यकामा पछिल्लो पटक २ हजार १३९ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ३० हजार ३८६ जना संक्रमित निको भइसके । उपत्यकामा संक्रमण निको हुनेको दर ९१ दशमलव ३० प्रतिशत रहेको छ ।

उपत्यकामा पछिल्लो पटक ३० जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा १७, ललितपुरमा १० र भक्तपुरमा ३ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा २ हजार ५६९ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in समाज