उपत्यकामा संक्रमण निको हुनेको दर ९२ प्रतिशत नजिक
SamacharDesk – बिकाश | २०७८ जेठ २६, बुधबार

गएको २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ९१५ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ६७९, ललितपुरमा १५१ र भक्तपुरमा ८५ जना नयाँ संक्रमित भेटिएका हुन् ।
उपत्यकामा कुल २ लाख ५३ हजार २४८ जनालाई कोभिड संक्रमण भइसकेको छ ।
पछिल्लो पटक उपत्यकाबाट एक हजार ६४९ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ३२ हजार ३५ जना संक्रमित संक्रमणमुक्त हुन सफल भइसके । उपत्यकामा कोभिड संक्रमण निको हुनेको दर ९१ दशमलव ६२ प्रतिशत रहेको छ ।
उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १८ हजार ६२८ रहेको छ । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये एक हजार १७८ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका ४ सय जनामध्ये १६४ जना भेन्टिलेटरमा छन् ।
उपत्यकामा पछिल्लो पटक जम्मा १३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७, ललितपुरमा ४ र भक्तपुरमा २ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो । उपत्यकामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ५८२ पुगेको छ ।
Categorized in समाज