arin enterprises

उपत्यकामा संक्रमण निको हुनेको दर ९२ प्रतिशत

SamacharDesk – बिकाश | २०७८ जेठ २७, बिहिबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ७६४ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा हालसम्म २ लाख ५४ हजार १२ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

तीमध्ये २ लाख ३३ हजार ६२३ जना संक्रमित संक्रमणमुक्त भइसके । पछिल्लो पटक एक हजार ५८८ जना संक्रमित निको भएका छन् । उपत्यकामा कोरोना संक्रमण निको हुनेको दर ९२ प्रतिशत रहेको छ ।

हाल १७ हजार ७९१ जना संक्रमित उपत्यकामा उपचाररत छन् । तीमध्ये एक हजार ८४ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका ४०६ जनामध्ये १६७ जना भेन्टिलेटरमा छन् ।

उपत्यकामा कोभिड संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा २ जनाको मृत्यु भएको हो । उपत्यकामा हालसम्म २ हजार ५९५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in समाज