उपत्यकामा ६५३ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ जेठ ३०, आइतबार

पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ६५३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित भेटिएका हुन् ।
उपत्यकामा हालसम्म २ लाख ५६ हजार ४०३ जनालाई कोभिड संक्रमण भइसकेको छ ।
तीमध्ये २ लाख ३८ हजार ८९६ जना संक्रमणमुक्त भइसके । पछिल्लो पटक एक हजार ४४९ जना संक्रमित निको भएर घर फर्केका छन् । उपत्यकामा संक्रमण निको हुनेको दर ९३ दशमलव १७ प्रतिशत रहेको छ ।
हाल उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १४ हजार ८६७ रहेको छ । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये ९९४ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका ३९२ मध्ये १६२ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ९ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ५ र ललितपुरमा ४ जनाको मृत्यु भएको हो । उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ६२९ रहेको छ ।
Categorized in समाज