उपत्यकामा ६०७ नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७८ जेठ ३१, सोमबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का जम्मा ६०७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जना नयाँ संक्रमित भेटिएका हुन् ।
हालसम्म उपत्यकामा २ लाख ५७ हजार १० जनालाई कोभिड संक्रमण भइसकेको छ ।
उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १४ हजार ५८ जना रहेको छ । तीमध्ये ९६१ जना जनरलरएचडियूमा छन् भने आइसीयूमा रहेका ३७२ जनामध्ये १५६ जना भेन्टिलेटरमा छन् ।
गएको २४ घण्टामा एक हजार ४११ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ४० हजार ३०७ जना संक्रमित संक्रमणमुक्त भइसके ।
उपत्यकामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा १२, ललितपुरमा ३ जना र भक्तपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा २ हजार ६४५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
Categorized in समाज